लोक गायिका कोमल ओलीले गएको केही वर्षका तीजमा ‘पोइला जान पाम्’ अनि ‘भेटिएन कोही’ बोलका गीत बजारमा ल्याएकी थिइन् । कोमलको उक्त गीतहरुले बजार राम्रैसँग पिट्यो । अविवाहित कोमललाई ‘काउन्टर’ दिदैं ‘पोइला जान पाम् भन्नेलाई ‘मैंले ल्याउन पाम्’ बोलको गीत समेत निस्कियो । जे होस् शिवजीलाई गाली गर्दै कोमलले गाएका उक्त गीतहरुले उनको साँगीतिक करिअरमा थप चर्चा दिलायो ।

komal-oli-edited

यो तीजदेखि भने कोमलले ‘पोइ चाहियो’ र शिवजीलाई गाली गरेर गीत नगाउने भएकी छिन् । यो तीजमा उनले अन्तिम पटक ‘पोइ चाहियो’ भनेर गीत गाएकी छिन् । पशुपती शर्माको शब्द रहेको गीतमा पशुपती र कोमलले स्वर दिएका छन् । बब्बुले निर्देशन गरेको गीतको भिडियो पनि तयार भैसकेको छ । यो गीत चाँडै बजारमा आउँदैछ । शब्द यस्तो छ :

साँच्चै भन्दा उमेरले काट्या छैन नेटो !
पोईला जान्छु भन्दापनि पाईंन सक्षम केटो !!
गोजिमा गाँठ मनभित्र आँट भाको एउटै पाईंन !!!
तर पनि यो कोमलले कत्ति हरेस खार्इंन,
कोटी कोटी हो शिव, कोटी कोटी हो !
पोई चाहियो भनेर गित गाउने मेरो लास्टै चोटी हो !!

For More videos Log on to Mazzako TV