गायक राम धिमालको नयाँ गीति भिडियो ‘असल साथी’ले यतिबेला निकै राम्रो प्रतिक्रिया पाईरहेको छ । अमेरिकामा बसेर नेपाली गीत संगीतमा योगदान पुर्याईरहेका गायक धिमालको पहिलो म्युजिक भिडियोमा निराजन, मिलन शंकर र नायिका सुरविनाले अभिनय गरेका छन् । भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् ।

Aashal Sathi 1

गोपी दहालको शब्द, एन के ब्रदर्सको संगीत रहेको असल साथीमा मित्रताको कथा बोलिएको छ । बिगत ६ बर्षदेखि अमेरिकामै बसोबास गर्दै आएका गायक धिमाल गीतलाई लिएर निकै उत्साहित देखिएका छन् ।

Aashal Sathi 2

‘गीतबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको छु’, अमेरीकामा आयोजना हुने नेपाली कार्यक्रमहरूमा आफ्नो आवाजको जादुले सबैको मन जित्न सफल भएका गायक धिमालले मज्जाको अनलाईनसँग भने ‘अब चाडै अर्को नयाँ गीत पनि बजारमा ल्याउदै छु ।’

Watch Video here :-

For More videos Log on to Mazzako TV