सुन्दरादेबी सन्देश साप्ताहिकको आयोजनामा सम्पन्न दोस्रो सुन्दरादेबी सन्देश बागमती म्युजिक अवार्डमा निर्मल शर्मा गैंडा उत्कृष्ट म्युजिक भिडियो निर्देशक ठहरिएका छन् । उनकै भिडियोबाट नायिका रजनी केसी उत्कृष्ट महिला मोडल घोषित भइन् । शनिबार नुवाकोटस्थित बटारमा आयोजित उक्त अवार्डमा संगीतकार शक्ति बल्लभलाई नगद रु. एघार हजार १ सय एघार सहित लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।

13293044_620919141399802_1231330326_n

अवार्डमा सर्वोत्कृष्ट आधुनिक गीतकार डा. नबि अधिकारि, सर्वोत्कृष्ट आधुनिक गायक संजीव प्रधान, सर्वोत्कृष्ट आधुनिक गायिका शर्मिला श्रेष्ठ, सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष उद्दव नेपाल, सर्वोत्कृष्ट आधुनिक संगीतकार प्रलाल्द बोगटीले हात पारे । त्यसैगरी सर्वोत्कृष्ट लोकदोहोरी गायक राम थापा शिशिर, सर्वोत्कृष्ट लोक दोहोरी गायिका उमा श्रेष्ठ, सर्वोत्कृष्ट लोकदोहोरी शब्द उद्धव कार्की, सर्वोत्कृष्ट लोकदोहोरी लय माधब थापा, सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष सुवाश शर्मा रिजाल, सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला रश्मी तामाङ्ग, सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक होम धिताल र सर्वोत्कृष्ट लोकदोहोरी भिडियो शिवपुरी म्युजिक कम्पनि भए ।

13318476_620919128066470_1628442474_n

यसै गरि पब्लिक च्वाइस अवार्डतर्फ शोभा त्रिपाठी चुनिइन् भने ईन्कर्जमेन्ट अवार्ड मिराज कोइराला र जुरी अवार्ड अमृता लुङ्गेली मगरले हात पारे । यस्तै सुन्दरादेबी संदेश संगीत पत्रकारिता सम्मानबाट म्युजिक खबरका सुमन बैरागी र लोक संचारकर्मी सम्मान शिखर गजरकोटे सम्मानित भए । आमा सरस्वति गितादेबी फ्लिम्स, जितु नेपाल, निर्देशक उज्ज्वल घिमिरे, सिताराम कट्टेल र कुन्जना घिमिरे लगायतलाई सम्मान पत्र प्रदान गरियो ।

यसका साथै अवार्डको कोषमा रहने गरि पुनर्निर्माण कोष खडा गरिएको छ । धुर्मुस र सुन्तलीको कार्यलाई साथ दिन अनि नागरिक अभियान शुरु गर्न पनि उक्त अभियान थालनी गरिएको अध्यक्ष किरण अधिकारीले जानकारी दिए । म्युजिक भिडियो अवार्डको जुरीमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय र संगीतकार सन्तोष श्रेष्ठ थिए भने निर्देशक उज्जवल घिमिरे र कालकार जितु नेपाल राजधानीबाट नुवाकोटको अवार्डमा सहभागी हुन गएका थिए ।

For More videos Log on to Mazzako TV