dhurmus-suntali-edited
सिन्धुपाल्चोकको गिरान्चौर बस्ती निर्माणमा जुटेका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पुनर्निर्माणमा जुट्न म्युजिक भिडिया मार्फत सबैसँग आग्रह गरेका छन् । डा. भीष्मकुमार भुसालको ‘यो प्रण’ बोलको गीतमा स्वरुपराज आर्चाय र स्मिता दाहालको स्वर छ । बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् भने क्यामेरा सुदिप बरालको रहेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा तयार भएको भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV