सौरभको ‘पाउँजु’ कस्तो होला ? (भिडियो सहित)
नेपाली मुलका भूटानी गजलकार सौरभ तिमसिना यतिबेला अमेरिकालाई आफ्नो कार्यथलो बनाएर साहित्य सृजनामा लागेका छन् । यसअघि ‘यादले’ नामको गजल संग्रह बजारमा ल्याईसकेका यि स्रष्टाले निकै मेहनतको साथमा पुन: ‘पाउँजु’ नामको गीतिसंग्रह तयार पारेका छन् ।
८ वटा गीत समावेश गरिएको यो एल्बममा बाबु बोगटी, सरण गुरुङ्ग, रत्न सुब्बा, बिनोद गुरुङ्ग, किरण गजमेर, सानु लक्सम, अर्जुन रसायली, अमर तुम्बापो सुब्बा, टिका लामिछाने लगायतको स्वर र संगीत छ ।
यसअघि यही एल्बमबाट बाबु बोगटी र नायिका नम्रता श्रेष्ठ अभिनित ‘पाउँजुले छुनछुनाउँन तिमीबाटै सिकोस्’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भईसकेको छ भने चाँडै बाबु बोगटी र केकी अधिकारी अभिनित ‘मर्छु सजिलै’ बोलको गीतको म्युजिक भिडियो पनि एल्बमसँगै सार्वजनिक हुदैंछ ।
चाँडै सार्वजनिक हुन लागेको भिडियो ‘मर्छु सजिलै’को प्रोमो ।
सार्वजनिक भईसकेको गीति भिडियो ‘पाउँजुले छुनछुनाउँन तिमीबाटै सिकोस्’, हेर्नुस् ।