प्रीशाको आवाजमा बालबालिकाको पीडा
आठ बर्षको उमेरमा टेक्नै लागेकी बाल गायिका प्रीशाले ‘जति माया लाग्छ मामुको’ बोलको गीतमा आवाज दिएकी छिन् । प्रकाश सुवेदीको शब्द, बसन्त सापकोटाको संगीतमा समावेश यो गीतमा प्रीशाले मर्मस्पर्शी रुपमा आवाज भरेकी छिन् ।
बाबु र आमाको घर झगडा र विछोडले बालबालिकामा पर्ने असरलाई यो गीतमा प्रस्तुत गरिएको छ । रमेश वावा नेपालले यो गीतको भिडियो तयार गरेका हुन् । भिडियोमा पनि गीत अनुसारको दृश्य कैद गरिएको छ ।