हरेक वर्ष अन्तराष्ट्रिय महिला दिवसको दिन हुदै आएको ‘वुमन इन कन्सर्ट’ यसपाली पनि हुने भएको छ । मार्च ८ अर्थात आगामी मंगलबार कन्सर्टको भब्य तयारी गरिएको छ । यसपालीको कन्सर्टमा नयाँ प्रतिभाहरुले पनि आफ्नो बेजोड प्रस्तुती दिनेछन् । कन्सर्टका लागि अडिसनबाट गायिका अभया सुब्बा, श्रेया सोताङ र बिक्रान्त श्रेष्ठले नयाँ गायिकाहरु छनोट गरेका थिए ।

12784498_988020984568829_1902177579_n

१२ जना नव गायिकाहरुले स्टेज तताउने बताइएएको छ । ट्यालेन्ट हन्टकै रुपमा लिईएको यो कन्सर्टमा उत्कृष्ट प्रस्तुती दिने गायिकाले ५० हजारसहित गीत रेकडिङ र म्युजिक भिडियो तयार गर्ने अवसर पाउनेछन् । कन्सर्टमा ‘अभया एण्ड द इस्टीम इन्जन्स्’ र ‘हाउस अफ होप’को बिशेष प्रस्तुती पनि रहनेछ ।

यो कन्सर्ट विगत १२ वर्षदेखि आयोजना भइरहेको छ । लौनचौर ग्राउन्डमा हुने वुमन इन कन्सर्टको प्रवेश निशुल्क राखिएको छ ।

For More videos Log on to Mazzako TV