हेर्नुस, केटी मस्केर जसरी हिड्ने,.. पल शाह फकाउन त्यसरी नै भिड्ने (भिडियो)
अहिलेका चर्चित मोडल तथा नायक पल शाह अभिनित रमाईलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक किरण ईजम लिम्बुको आवाजमा रहेको ‘मस्की मस्की’ बोलको गितमा पलको साथमा मोडल निशा लिम्बु पार्लर छिरेर परेली मिलाउदै देखिएकी छिन् । ओझेल एल्बमको यसअघिको गीत ‘नयन भरी’का देखिएको यो जोडी पुन: ‘मस्की मस्की’मा पनि दोहोरिएको छ ।
सुन्दा र हेर्दा उस्तै रमाईलो लाग्ने यो गीतको शब्द संगीत जेनिश लामाको हो । संगीत संयोजन भने टेकेन्द्र याक्सोको रहेको छ । रक पप गीत गाउने ‘द वारियरर्स’ ब्यान्डको यो गीतले पनि यसअघिका गीतहरु झै दर्शकको मन जित्नेमा विश्वस्त रहेको ब्यान्डका भोकलिष्ट किरण ईजम लिम्बुले मज्जाको अनलाईनलाई बताए ।
भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन् । सम्पादन पनि उनको नै हो । भिडियोको छायांकन ज्ञानेन्द्र शेर्माले गरेका हुन् । यसअघि ‘द वारियरर्स’ ब्यान्डको ‘नयनभरी बोल’को गीतलाई दर्शक स्रोताले निकै रुचाएका थिए । अब हेर्न बाँकी छ ‘मस्की मस्की’ले कस्तो प्रतिक्रिया पाउने हो ?