अपांग बालबालिकाको शिक्षाको लागि जापानमा बृहत साँस्कृतिक साँझ
सुदुरपश्चिमका नेपालका चार अपांग बालबालिकाहरुको शिक्षामा लगानी गर्ने गरि उनिहरुको उद्दार तथा पुनरुत्थान सहित सहज जीवनयापन गराउने उद्देश्यका साथ जापानमा बृहत साँस्कृतिक साँझ हुने भएको छ । बैतडी जिल्ला देहिमाण्डौ गा. वि. स वार्ड नं ६ मा रहेको बोहेरा परिवारका चार अपाङ्ग किशोरीहरुको उचित शिक्षाका निम्ति खर्च गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको छ ।
नेपाली नयाँ वर्षको अवसर पारेर यहि अप्रिल तीन तारेखका दिन जापानको टोकियोमा रहेको मिनामी ओच्का हलमा उक्त कार्यक्रमको आयोजना गरिदै छ । कार्यक्रममा नेपाल तथा जापानका चर्चित गायक गायिकाहरु , चर्चित हास्य कलाकारहरु को बेजोड प्रस्तुति रहने छ। लोकदोहोरी गायक राजु ढकाल, गायिका सावित्री जोशी, चर्चित हाँस्य कलाकार सुलेमान शंकर (ईकु), मोडल तथा नृत्यङ्गना रश्मी तामाङ तथा जापानमा स्थानिय रुपमा सर्बाधिक चर्चित कलाकारहरु युवराज आचार्य, सुर्य खड्का, विनोद भण्डारी तथा हाँस्यकलाकार प्रदिप कार्की लगाएतको विशेष प्रस्तुति रहने छ।
जापानमा रहेका चर्चित र जुझारु युवाहरु, कलाकारहरु तथा समाजसविहरु मिलेर भर्खरै स्थापना गरिएको संस्था हाम्रो ग्रुप जापानले उक्त कार्यक्रम गर्न लागेको हो ।
For More videos Log on to Mazzako TV