नेपाल २३ वर्षपछि साग फुटबलको स्वर्ण पदक जित्न सफल, भारतमाथि २–१ को जित
भारतमाथि २–१ को जित निकाल्दै नेपालले २३ वर्षपछि साग फुटबलको स्वर्ण पदक जित्न सफल भएको छ । दक्षिण एसियाको चिरप्रतिद्वन्द्वी भारतसँग एक गोलले पछि परेको नतिजा उल्ट्याउँदै नेपालले स्वर्ण जितेको हो ।

नेपालको जितमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले एक एक गोल गर्न सफल भए । सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।








