‘दुनिया बेग्लै छ’ बोलको गीतमा डान्स गरेर फेसबूक पेजमा भिडियो पोस्ट गर्ने मध्येका उत्कृष्टलाई ५० हजार पुरस्कार दिइने भएको छ । यो कम्पिटिसनमा भाग लिन गायक समीर आचार्य र गायिका निक्की कार्कीको ‘दुनिया बेग्लै छ’ बोलको गीतमा डान्स गरेर फेसबूक पोष्ट गर्नु पर्ने छ ।

002

राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गरि ‘दुनिया बेग्लै छ,अब नेपाल नाच्दै छ’ भन्ने थिमलाईनलाई लिएर आयोजना गरिएको यो कम्पिटिशनका बारेमा जानकारी गराईएको हो ।

001

उक्त गीतमा डान्स गरेर फेसबूक पेजमा पोस्ट गर्ने उत्कृष्ट पहिलो ब्यक्तिलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुने लाई १५ हजर दिइने निर्देशक प्रचण्ड पौडेलले बताएका छन् । भिडियो यही फेब्रअरी १५ देखी १ महिना भित्र यो फेसबूक पेज (www.facebook.com/duniyabeglaichha) मा पोस्ट गर्नु पर्ने छ ।

For More videos Log on to Mazzako TV