काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास व्यक्त गरेका छन् ।

तीनदिने भारत भ्रमणपछि बुधवार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै उनले पछिल्लो दिनमा दुई मुलुकबीच उत्पन्न भएका असमझदारी समेत हटाउन आफ्नो भ्रमण सफल भएको बताए ।

cy{dGqL lji0f'k|;fb kf}8]n cfOtaf/ tLg lbg] ef/t e|d0fdf k|:yfg ug{'cl3 lqe'jg cGt/f{li6«o ljdfg:yndf ;~rf/sdL{;Fu  s'/f ub}{ . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

File Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले लागेको भारत भ्रमणलाई सफल बनाउने विषयमा भारतीय नेताहरुसँग छलफल भएको तथा भ्रमणलाई सफल एवम् सुनिश्चित गर्ने विषय नै महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, “दुई मुलुकबीचको सम्बन्ध हार्दिक र मैत्रीपूर्ण बनाउन भ्रमण सफल भएको छ । सम्बन्ध जीवन्त भएको छ ।” तर उनले प्रधानमन्त्रीको भ्रमणको मिति भने दुई देशका सम्बद्ध अधिकारी बसेर टुङ्गो लगाइने जानकारी दिए ।

उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल बनाउने, दुई देशको मैत्री सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो भ्रमणले थप मार्गप्रशस्त गरेको उनको कथन थियो ।

नेपालमा संविधान जारी भएको भन्दै आफूले भारतीय पक्षसँग विकासको उज्यालोमा प्रवेश गरेको मुलुकलाई थप सहयोग र सद्भावको जरुरत रहेको विषयमा ध्यानाकर्षण गराएको उल्लेख गरे ।

भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र अर्थमन्त्री अरुण जेटेलीसँग भेटवार्ता गरी आपसी हित र चासोका विषयमा छलफल गरेका थिए ।

 

For More videos Log on to Mazzako TV