सरकारले नाम मात्रैको यातायातको भाडा घटायो
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मुल्य घटेपछि सार्वजनिक यातायात, मालवाहक सवारी साधन (ट्रक) एवं मिटर जडित ट्याक्सीको भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
सामायोजित भाडा दर अनुसार सार्वजनिक यात्रुवाहक सवारी तर्फ २.५३५ ले र सार्वजनिक मालवाहक सवारी साधन (ट्रक) को भाडादरमा तराईको हकमा ३.७६५ एवं पहाडतर्फ नारायणघाट–पोखरा, नारायणघाट–काठमाडौंको हकमा ३.२८५ ले साथै मिटर जडित ट्याक्सी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटकीय सवारी साधनको हकमा १.६५५ ले घटी हुने विभागले जनाएको छ।
विभागले काठमाडौंको सार्वजनिक यातायातमा न्युनतम भाडा १३ रुपैँया कायम गरेको छ भने अधिकतम २४ सम्म रहेको छ। नयाँ भाडा दर अनुसार १६ किमि भन्दा माथिको दुरी यात्रा गर्ने यात्रुले मात्र घटेको भाडा तिर्ने छन्। १६ किमि भन्दा माथिको दुरीमा यात्रा गर्ने यात्रुले १ रुयैयाँ मात्र घटेको महसुस गर्ने छन्।









