सञ्चारमन्त्रीको दावी : प्रमको भारत भ्रमण उपलब्धिपूर्ण हुन्छ
काठमाडौं। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीले निकट भविष्यमै गर्ने भारत भ्रमण निकै उपलब्धिपूर्ण हुने भएकाले भ्रमणका विषयमा शङ्का नगर्न आग्रह गरेका छन् ।
पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको वनभोज तथा सम्मान कार्यक्रममा मन्त्री राईले प्रधानमन्त्रीको भारत भ्रमणका समयमा नेपालको हितविरुद्ध सन्धि सम्झौता हुन्छ कि भन्ने आशंका सम्बन्धमा देशको गरिमामा आँच आउने खालका कुनै सम्झौता नहुने भएकाले ढुक्क हुन आग्रह गरे ।
उनले भने– “सरकारले गरेका कुरा हावादारी छैनन्, गरिएका सबै बाचा पूरा गर्न सरकार प्रतिबद्ध छ ।”
मुलुकलाई अहिलेको समस्याबाट मुक्ति दिलाउन सरकार सफल हुने दाबी गर्दै मन्त्री राईले यो मुलुकका लागि महत्वपूर्ण उपलब्धि हुने धारणा व्यक्त गरे ।
सरकारको अबको कार्य आर्थिक विकास गर्नु रहेकाले सरकारले दुई छिमेकी देशसँग आर्थिक विकासका सम्झौता गर्ने तयारी गर्न लागेको पनि जानकारी दिए ।
कठीन अवस्थामा पनि देशको स्वाभिमानलाई जोगाउन सरकार सफल रहेको बताउँदै मन्त्री राईले सरकारलाई कमजोर बनाउन जति प्रयास भए पनि सरकार कमजोर नहुने स्पष्ट पारे ।
For More videos Log on to Mazzako TV







