नमज्जाको खबर : उपराष्ट्रपति पुन अस्पताल भर्ना
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका छन् ।
सिन्धुलीको एक कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जानुभएका उपराष्ट्रपति पुनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
एक्कासि मुटुको चाल बढेर अप्ठ्यारो भएपछि सेनाको हेलिकप्टरमा राखेर उपराष्ट्रपति पुनलाई राजधानी ल्याइएको हो । कार्यक्रमको उद्घाटन गरिरहेका बेला मुटुमा समस्या देखिएपछि कामज्वरोसमेत आएको उपराष्ट्रपति पुनका छोरा दिपेश पुनले जानकारी दिए ।
अहिले उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार जारी राखिएको बताइएको छ । चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन् ।
For More videos Log on to Mazzako TV







