नमज्जाको खबर : माइक्रोबस दुर्घटनामा आठ नेपाली सेनाको मृत्यु
त्रिशूली । काठमाडौँबाट अपराह्न १ बजे पश्चिमतर्फ त्रिशूली बजार जाँदै गरेको वा १ ज ७५८३ नंको माइक्रोबस मदानपुर गाविस–८, केउरिनीमा खस्दा बसमा रहेका आठ जना यात्रुको मृत्यु भएको छ ।
सडकबाट पाँच सय फिट तल खस्दा भएको सो दुर्घटनामा छ जना घाइते भएको नुवाकोटका प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । मृत्यु हुनेमा धेरैजसो त्रिशूली सैनिक तालिम केन्द्र, मैथलीमा तालिम लिइरहेका सैनिक जवान रहेको प्रहरीले जनाएको छ ।
यसैबीच दुर्घटनाका ८ मृतक मध्ये ५ जनाको सनाखत भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी अर्जुन न्यौपानेका अनुसार दुर्घटनामा माइक्रोबसका चालक दामोदर कँडेल, सैनिक जवान यशोदा कार्की, इश्वर कार्की, पदम राई र सन्तोष बोगटीको मृत्यु भएको हो। अन्य तीन जनाको सनाखत हुन बाँकी छ।
दुर्घटनामा १५ जना घाइते छन् । घाईते सबैलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। दुर्घटना लगत्तै सदरमुकाम बिदुरबाट जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट एक टोली घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक सिद्धिबिक्रम शाहले बताए।
For More videos Log on to Mazzako TV







