साढे चार महिनाको अबरोध पछि वीरगञ्ज नाका खुल्यो
वीरगञ्ज । साढे चार महिनादेखि अवरुद्ध रहेको रक्सौल- वीरगञ्ज नाका खुलाएको छ । स्थानीय र व्यवसायीले नाकाको धर्नामा राखिएको पाल हटाएपछि रक्सौल नाका खुलेको भनिएको छ ।
वीरगञ्जका स्थानीयबासी र भारत रक्सौलका ब्यापारीहरुले मितेरी पुलमा मधेसी मोर्चाका धर्नाहरुले टाँगेको टेन्ट जलाएका थिए । मधेसी मोर्चाका नेता र कार्यकर्ताले नाका अबरोध कायम भएको भने पनि पहिले जस्तो यसपटक पुन : नाका अबरोधको लागि अघि सरेनन् ।
असोज ७ गतेदेखि मधेसी मोर्चाको धर्नाले अबरुद्ध नाकाबाट १३५ दिनपछि कन्टेनर नेपाल प्रवेश गरेका छन् । १ बजे नाका खुलाइएपछि साँझ ७ बजेसम्म ५० बढी मालवाहक ट्रक भित्रिएको वीरगन्ज भन्सारका प्रवक्ता सुशील शर्माले बताए । उनले थप ट्रक आउने क्रममा रहेको बताए ।
यसैबीच नेपाल आयल निगमले नाका अबरोध खुले हटाइए पछि शुक्रबार राती ३५ ओटा ट्याङ्करलाई तेल भर्न वीरन्ज नाकाबाट रक्सौल पठाउने तयारी गरेको छ।
रक्सौलस्थिति भारतीय कस्टमका अधिकारीले तेल भर्न ट्यांकर पठाइदिन भनेपछि निगमले यस्तो तयारी गरेको हो। यस नाकाबाट गत भदौ ७ पछि कुनै पनि ट्यांकर तेल भर्न रक्सौलस्थित भारतीय आयल निगमको डिपोमा गएका थिएनन्।
For More videos Log on to Mazzako TV







