संविधान संशोधनबाट ‘ढोका खुल्यो’ : राजेन्द्र महतो
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एउटा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनले ‘ढोका खोलेको’ टिप्पणी गरेका छन्।
सहमतिकोनिम्ति ढोका खुलेको अर्थ लाग्ने गरेर त्यसो भने पनि उनले त्यसबारे थप प्रष्ट पारेनन्। उद्यपी उनले प्रदेश सिमाङ्कन लगायतका अन्य मागहरु पुरा नभएकाले आन्दोलन जारी रहने बताए।
मोरङको रंगेलीमा मारिएकाहरुको शव यात्रामा सरिक हुन विराटनगर पुगेका अध्यक्ष महतोले भने, ‘संविधान संशोधन प्रक्रिया त अगाडि बढाइयो, बाटो-ढोका त खोलियो तर हामीले चाहे अनुसार सिमाङ्कन लगायतका मधेसका सबै मागहरु सम्बोधन गरिएको छैन।’
भारतबाट उपचार गरेर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका नेता महतोले पछिल्ला दिनहरुमा विगतको आफ्नो शैली र प्रस्तुती विपरीत, सन्तुलित अभिव्यक्ति दिँदै आशावादी देखिने गरेका छन्।
पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संविधान संशोधनको संघारमा ‘वार्ता राम्रो भइरहेको’ तर सरकारले नै रंगेली जस्ता घटना गराएर वार्ता बिथोल्ने गरेको आरोप लगाए।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि विराटनगर पुगेका थिए। विगतमा महतोभन्दा मध्यमार्गी अभिव्यक्ति दिने उनले भने सरकारप्रति चर्को असन्तुष्टि व्यक्त गरे।
For More videos Log on to Mazzako TV







