काठमाडौं । बङ्गलादेशमा सुरु हुन लागेको उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि भएको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

बङ्गलादेशको साभरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली टेस्ट राष्ट्र श्रीलङ्काको यु–१९ टोलीसँग ६५ रनले हारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्कालेृ निर्धारित ४५ ओभरको खेलमा ९ विकेटको क्षतिमा २३० रन जोड्यो । जवाफी ब्याटिङमा आएको नेपालले ४२.१ ओभरमा सबै विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो ।Nepal U-19 Cricket team

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ३३, कप्तान राजु रिजालले ३१, ओपनर सुनिल धमलाले २६ र हिमांशु दत्तले २१ रन बनाए भने अन्य खेलाडीले राम्रो स्कोरको रन बनाउन सकेनन् । त्यस्तै नेपालका सुनिल, सन्दीप लामिछाने र सुशील कँडेलले २/२ तथा दीपेन्द्रले १ विकेट लिएका थिए । अभ्यास खेलअन्तर्गत नै आफ्नो पहिलो खेलमा नेपाल अर्को टेस्ट राष्ट्र पाकिस्तानसँग ११० रनले पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यु–१९ विश्वकपको समूह चरणमा नेपाल समूह ‘डी’ मा रहेको छ । सो समूहमा भारत, आयरल्यान्ड र न्युजिल्यान्ड पनि छन् । प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल यही माघ १४ मा न्युजिल्यान्डसँग, माघ १६ मा आयरल्यान्ड र माघ १८ मा भारतसँग खेल्नेछ ।

 

For More videos Log on to Mazzako TV