बाबुरामको नयाँ शक्तिमा रामेश्वर खनालदेखि करिश्मा मानन्धरसम्म
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रिय परिषद् घोषणा भएको छ । बुद्धनगरमा आइतवार आयोजित कार्यक्रमका बीच परिषद् घोषणा भएको हो ।
परिषद्को संयोजक भट्टराई छन् । परिषद्मा अहिले ३५ जना सदस्य मात्र छन् । परिषद २६५ सदस्यीय हुने छ । बाबुरामको नयाँ शक्तिमा पूर्व सचीव रामेश्वर खनालदेखि करिश्मा कलाकार करिश्मा मानन्धर मानन्धरसम्म छन् । त्यस्तै कलाकार अशोक शर्मा, पूर्व एआईजी गणेश राई, कलाकार सरोज खना पनि छन् ।
परिषदका बाँकी सदस्य क्रमश : सार्वजनिक गरिने नयाँ शक्ति नेपाल अभियानका संयोजक भट्टराईले बताए । उनले आजै देखि नयाँ शक्तिको सांगठनिक यात्रा शुरू भएको जानकारी दिए ।
अन्तरिम परिषद्ले पार्टीका दस्तावेजहरू तयार गर्नुकासाथै निश्चित अवधि भित्र वृहद् राष्ट्रिय भेला आयोजना गरी सम्मेलनरमहाधिवेसन तयारी समिति निर्माण गर्नेछ । यसैगरी नयाँ शक्तिले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंको बबरमहलमा सञ्चालन गगरको छ ।
यस्तो छ केन्द्रीय परिषद् :
संयोजक
१. डा. बाबुराम भट्टराई गोरखा
परिषद् सदस्यहरु
२ अशोक शर्मा झापा
३ ऋषवदेव भट्टराई चितवन
४ कमला हेम्चुरी पाल्पा
५ करिश्मा मानन्धर काठमाडौं
६ केशव दाहाल सुनसरी
७ डा. केशवमान शाक्य काठमाडौं
८ गणेशराज राई भोजपुर
९ डा. चैतन्य सुब्बा ताप्लेजुङ
१० डा. जीतेन्द्र महासेठ सिराहा
११ टिका गौचन म्याग्दी
१२ डम्बर खतिवडा सुनसरी
१३ तिलक थापा मगर मोरङ
१४ दलमर्दन कामी सुनसरी
१५ दुर्गा सोव डोटी
१६ देवेन्द्र पौडेल बाग्लुङ
१७ नत्थुप्रसाद चौधरी सप्तरी
१८ नारायण पाण्डे गोरखा
१९ पासाङ्ग शेर्पा ताप्लेजुङ
२० डा. प्रवीण मिश्र महोत्तरी
२१ मदन राई खोटाङ
२२ मनप्रसाद सुनुवार रामेछाप
२३ मुमाराम खनाल कपिलबस्तु
२४ डा. मुक्ति रिजाल अर्घाखाँची
२५ मोहनी महर्जन काठमाडौं
२६ डा. राजेन्द्र के.सी. धादिङ
२७ डा. रामकेवल साह धनुषा
२८ रामचन्द्र झा धनुषा
२९ रामेश्वर खनाल पाल्पा
३० लिली थापा काठमाडौं
३१ वज्रकिशोर यादव धनुषा
३२ विसन राई खोटाङ
३३ सरोज खनाल चितवन
३४ डा. सुरेन्द्र चौधरी दाङ
३५ हरेराम कोईराला गोरखा