संविधान संशोधन विधेयक पारित गर्न संसद बैठक सुरु
काठमाडौं । प्रमुख दलहरुबीच संविधान संशोधन विधेयकमा परिमार्जन गरिने संशोधन प्रस्तावबारे सहमति भएको छ । सहमतिलगत्तै संसद बैठक सुरु भएको छ ।
दिउसो ३ बजे बैठक बोलाइएको भए पनि प्रमुख दलबीच संसोधनका बारेमा सहमति नजुट्दा झण्डै पाँच घण्टा ढिलो गरि बैठक शुरु भएको हो ।
तर प्रस्तावित संविधान संशोधन अपूरो भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बैठकमा अबरोध गरेको छ । तमलोपाका बैठकको सुरुमै बोल्दै सर्वेन्द्रनाथ शुक्लले संशोधन गर्न लागिएको संविधानले पनि मधेसका माग सम्वोधन नगर्ने बताए ।
संशोधन विधेयक फिर्ता गर्न माग गर्दै मोर्चाका सांसदहरुले बैठकमा नाराबाजी गरिरहेका छन् । नाराबाजीका बीच बैठक जारी छ ।
बैठकमा कानुन मन्त्री अग्नि खरेलले विधेयकमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । उनको जवाफपछि विधेयक पारित गर्ने प्रक्रियामा लगिने छ । नेताहरुले विधेयक आजै पारित गरिने बताएका छन् ।
For More videos Log on to Mazzako TV







