चार केन्द्रीय सदस्यद्वारा विप्लब माओवादी परित्याग, नयाँ शक्तिमा प्रवेश
काठमाडौ । नेकपा माओवादी नेत्र विक्रम चन्द ‘विप्लब’ समूहका चार केन्द्रीय सदस्यसहित सयौ कार्यकर्ताहरुले नयाँ शक्तिमा प्रवेशको घोषणा गरेका छन ।
बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीयसदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगरसहितका नेता कार्यकर्ताहरुले नयाँ शक्तिमा जाने घोषणा गरेका हुन ।
जसमा विद्यार्थी केन्द्रीय सदस्य मिनराज केसी, पर्वत डीसिएम हरि पौडेल,अनिल मास्के, सूर्यबहादुर थापा, प्रदिपबहादुर थापा,चित्रपुर्ज पार्टी, सुस्मीता केसी, धर्मराज शर्मा, लोकराज कुवँर उत्तम परियार, टिका नेपाली, सीता भुषाल, राजेन्द्र तिवारी, राम अधिकारी, पर्वत जिल्ला कमिटि सल्लाहकार एकनारायण गिरी, टेकराज शर्मा, गणतान्त्रिक मञ्ज काठमाडौ डिसिएम सागर चापागाई रहेका छन ।
त्यसैगरी परिश्वर भुसाल, हरि तिवारी, छवि गौडेल, बैकुण्ठ पाण्डे, डा. विनोद पराजुली, चन्द्रबहादु श्रेष्ठ, गिता गुरुङ्ग, शान्ति भट्ट, पवित्रा थापा,सीता चापागाई अप्सरा बराल र बिजेन्द्र लाल श्रेष्ठ लगायतका रहेका छन ।
पत्रकार सम्मेलनमा बोल्दै ठाकुरप्रसाद चापागाईले नेपालको आर्थिक संरचनालाई कसरी परिवर्तन गर्ने भन्ने सोचका साथ नयाँ शक्ति आएकोले आफूहरु त्यसमा प्रवेश गर्ने निर्णयमा पुगेको बताए ।
उनले विप्लब समूहको पार्टीको कार्यदिशा,विचारमा स्वार्थी भावना रहँदा त्यसमा कुरा नमिलेकोलेपार्टी परित्याग गर्नु परेको भन्दै १० वर्र्षे बलिदानको त्यागको मुल्य मान्यतालाई पार्टीका नेताहरुले आत्मसाथ गर्न नसकेकोले आफूहरु पार्टी छाड्न बाध्य भएको स्पष्ट पारे ।
For More videos Log on to Mazzako TV







