बंगबन्धु गोल्डकप : माल्दिभ्स विरुद्ध नेपालले हान्यो दुई गोल
काठमाण्डौं । बंगबन्धु कप फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सविरुद्ध २-० को अग्रता लिएको छ । बंगलादेशको राजधानी ढाका भइरहेको खेलमा नेपालले ३१ औं मिनेटमा गोल गरेको हो । विमल घर्ती मगरको प्रहार बारमा लागेर फर्किर्एको बलमा नवयुग श्रेष्ठले गोल गरेका हुन् ।
पहिलो हाफको अन्तिमतिर नेपालका गोलरक्षक विकेश कुथूले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफको सुरुमा नै नेपालले अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
वंगलादेशमा जारी प्रतियोगितामा नेपाल विगत तीन खेलमा अपराजित रहेको छ । ढाकाको वंगवन्धु स्टेडियममा बेलुका शुरु हुने खेलमा नेपाल फाइनल पुग्ने लक्ष्य सहित मैदान उत्रने प्रशिक्षक वालगोपाल महर्जनले बताए ।
नेपाल समुह एको उपविजेता बन्दै अन्तिम चारमा प्रबेश गरेको थियो । आज जित हात पारे नेपालले उपाधीका लागि बहराइनको अन्डर २३ टिमसंग प्रतिस्पर्धा गर्नेछ । हिजो पहिलो सेमिफाइनलमा बहराइनले आयोजक वंगलादेशलाइ १–० गोल अन्तरले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेको हो ।
नेपाली टोलीका कप्तान विराज महर्जनले माल्दिभ्सका खेलाडी तिब्र गतिमा खेल्ने भएकाले रक्षापंतिले बढी मेहनत गर्नुपर्ने बताएका छन ।नेपालले समुह चरणमा मलेसियाको फेल्डा युनाइटेड र वंगलादेशसंग गोलरहित वरावरी खेलेको थियो भने श्रीलंकालाइ १–० ले पराजित गरेको थियो ।
For More videos Log on to Mazzako TV







