सीमांकन मिलाउने संयन्त्र गठनका लागि संयुक्त कार्यदल सहमति नजिक
काठमाडौं । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सीमाकंनको विवाद मिलाउने राजनीतिक संयन्त्रको कार्यविधि र क्षेत्राधिकारमा सहमति नजिक पुगेका छन् ।
तीन दलको प्रस्ताव अनुसार सीमांकन हेरफेर गर्ने लगायत जिम्मेवारी दिइने संयन्त्रको संवैधानिक वैधताका लागि सहमति नजिक पुगिएको दुई पक्षीय कार्यदलको आजको बैठकपछि नेताहरुले बताएका छन् ।
मोर्चाको तर्फबाट कार्यदल सदस्य ह्यदेश त्रिपाठीले सीमांकनको विवाद मिलाउने संयन्त्रको क्षेत्राधिकारमा सकारात्मक प्रगती भएको बताउनुभयो ।
तीन महिनाभित्र सीमांकनको विवाद मिलाउन तीन दलको तर्फबाट प्रस्तावित राजनीतिक संयन्त्रको वैधता कायम गर्ने विकल्पमा कार्यदल स्तरमा छलफलले तीव्रता पाएको हो ।
मोर्चाले उक्त संयन्त्रको कार्यविधि र क्षेत्राधिकारको ग्यारेन्टी हुनुपर्ने माग गर्दै आएको छ । कार्यदल तहमा भएको छलफलबारे भोलि शीर्ष तहमा परामर्शपछि पर्सी दुई पक्षवीच निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।
कार्यदलको बैठकमा सहभागी एकीकृत माओवादी नेता शक्ति वस्नेतले पर्सी कार्यदलमा सहमतिका लागि निर्णायक पहल हुने बताए ।
संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले मोर्चाको मागबारे सत्ता पक्षबाट लिखित धारणा नआएको बताए ।
For More videos Log on to Mazzako TV







