ज्ञानेन्द्रलाई ओलीको जवाफ : घरबार गरेर बस्न पाइन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउने’ जवाफ दिएका छन् ।पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा आइतवार पूर्वराजा ज्ञानेन्द्रले दिएको शुभकामना सन्देशमा आफूले दरबार छाडे पनि घरबार नछाडेको बताएका थिए ।
त्यसको जवाफस्वरुप प्रधानमन्त्री ओलीले सोमवार राप्रपा नेपालले पृथ्वी जयन्तीकै अवसरमा आयोजना गरेको कार्यक्रममा त्यस्तो टिप्पनी गरेका हुन् । प्रधानमन्त्री ओलीले गणतन्त्रमा इतिहासमा योगदान गरेका व्यक्तिहरुको सन्दर्भिकता हुँदैन भन्ने नहुने बताए ।
‘आज हामी जहाँ छौं, त्यो ठीक छ’, ओलीले भने,‘ आजको सन्दर्भ भनेको दरबार छाड्नेले घरबार गरेर बस्न पाएकै छ, पाउँछ ।’
प्रधानमन्त्रीले लोकतन्त्रभन्दा राजतन्त्र वा अर्को कुनै व्यवस्था राम्रो नहुनेसमेत बताए ।








