प्रचण्डले भने- तराई समस्याको समाधान चाँडै हुन्छ
तुल्सिपुर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसमा जारी समस्या समाधानका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले केहिदिनभित्र नाकामा हुँदै आएको अवरोध हट्ने बताएका छन् ।
तुल्सिपुर उद्योग वाणिज्य सङ्घले शनिवार यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा उनले तराई समस्यासँगै नाकाबन्दीसमेत तत्काल खुल्ने दाबी गरे । उनले दाङ्को टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणका लागि आफूले पहल गर्नेसमेत बताए ।
सो अवसरमा तुल्सिपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले अध्यक्ष प्रचण्डलाई हवाइसेवा नियमित गराउन, इन्धन डिपो तत्काल स्थापना र धावनमार्ग विस्तार गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाए ।
For More videos Log on to Mazzako TV







