ठूला जलविद्युत् परियोजना दु्रत गतिमा
काठमाडौं । पश्चिम सेती, अरुण तेस्रो, माथिल्लो तामाकोसी, माथिल्लो कर्णालीजस्ता ठूला जलविद्युत् परियोजनालाई निर्धारित समयमै सम्पन्न गराउन लगानी बोर्डले द्रुत रुपमा काम गरिरहेको जनाएको छ ।
ऊर्जाको वर्तमान सङ्कटलाई समाधान गर्न ती परियोजना कोसेढुङ्गाका रुपमा काम गर्ने हुँदा निर्धारित समयमा सम्पन्न गर्न आवश्यक पर्ने समन्वय गर्ने बोर्डद्वारा शुक्रवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सम्पन्न बोर्डको बैठकले ऊर्जा सङ्टक समाधान गर्न ठूला जलविद्युत् परियोजनालाई समयमै सम्पन्न गर्ने निर्णय गरेको थियो ।
सोही बैठकमा बोर्डका तर्फबाट ती परियोजना सम्पन्न गर्न भएगरेका कामका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले अरुण तेस्रो (नौसय मेगावाट) प्रवेश मार्गका लागि ५५ किलोमिटर सडक निर्माण गर्न सम्झौता भइसकेको, पश्चिम सेती ९७५(मेगावाट)सेयर बाँडफाँडको समस्या समाधानतर्फ उन्मुख भएको र तामाकोसी तेस्रो ९६५( मेगावाट)को काम भइराखेको जानकारी दिए ।
ती परियोजनाका जग्गाको मुआब्जा वितरण, वन समस्या, ठेक्कापट्टा र इन्धनजस्ता समस्या देखिए पनि समाधान गर्न पहल भएको उनको भनाइ छ ।
कार्यकारी अधिकृत पन्तले वायु ऊर्जाका लागि बोर्डले सम्भाव्यता अध्ययन सुरु गरेको, हाल सो क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका बीचमा समन्वय भइराखेको जानकारी दिए ।
For More videos Log on to Mazzako TV







