भारतको मनिपुरमा ठुलो भूकम्प, ६ जनाको मृत्यु
- एजेन्सी
काठमाडौं । भारतको मनिपुरमा ठुलो भूकम्प गएको छ । समाचार एजेंसी पीटीआई भुकम्प मणिपुर ६ जनाको मृत्यु भएको छ र ३५ बढी मानिसहरू घाइते भएका भन्दै खबहरुमा उद्धृत गरिएको छ।
अमरीकी भूगर्भ सर्वेक्षण केन्द्रले भूकम्प तीव्रता ६.८ रिक्टर स्केल रहेको बताएको छ । बिहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरको राजधानी इम्फालको ३३ किलोमिटर दूरीमा पर्ने मैनपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रिक्टरको भूकम्प गएको थियो ।
बांग्लादेशको राजधानी ढाकामा पनि भूकम्पको झट्का महसूस गरिएको थियो । त्यस्तै भारतको झारखण्ड, रांची, बिहार लगाएतका क्षेत्रमा पनि धक्का महसुस भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित क्षेत्रमा जान निर्देशन दिएका छन् ।
पूर्वी नेपालमा पनि भूकम्पको धक्का महसुस
पूर्वी नेपालमा पनि आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल र भारतको पूर्वी क्षेत्रमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो ।
झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा,मोरङ,सुनसरीमासमेत भूकम्पको धक्का महसुस गरिएको छ ।
For More videos Log on to Mazzako TV







