भोली देखि लोडसेडिङ बढ्दै, हप्ताको ८६ घन्टा बत्ती नआउने
काठमाडौं । भोली देखि लोडसेडिङ फेरि बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ८६ घण्टा बत्ती जानेछ ।
यसअघि प्राधिकरणले १० दिनअघि मात्रै लोडसेडिङ बढाएर हप्ताको ७७ घण्टा पुर्याएको थियो । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३र१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती आउने छैन ।
विद्युतको माग बढिरहेको तर नदीमा पानीको बहाब कम हुँदा विद्युत उत्पादनमा कमी आएकाले विद्युत कटौती गर्नुपरेको प्राधिकरणको भार प्रेषण कार्यालयले जनाएको छ ।
ग्यास अभाव भएका कारण सरकारले खाना पकाउने समयमा लोडसेडिङ नगर्ने घोषणा गरेको भएपनि १० दिन अघि नै बिहान र बेलुकीको समयमा पनि वत्ति जाने गरेर प्राधिकरणले तालिका सार्वजनिक गरेको थियो ।
यस्तो छ नयाँ लोडसेडिङ तालिका :
![g]kfn ljB't k|flws/0f](https://i0.wp.com/www.mazzakoonline.com/wp-content/uploads/2016/01/new-loadshedding.jpg?resize=687%2C265)








