मेरो टोपी कैलाशको शिरजस्तो…
काठमाडौं । आज संसारभर तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रवद्र्धन गर्ने उद्देश्यका साथ सन् २०१४ जनवरी १ देखि संसारभर यो दिवस मनाउन सुरु गरिएको हो ।
![g]kfnL agf}F, g]kfnLkgd} /dfcf}FÚ eGg] d"ngf/fsf ;fy z'qmaf/ j;Gtk'/df
/fli6«o 6f]kL lbj;Ú dgfOFb} . tl:a/ M l;aL clwsf/L, /f;;](https://i0.wp.com/www.mazzakoonline.com/wp-content/uploads/2016/01/Rastriya-Posak1-360x240.jpg?resize=360%2C240)
पश्चिमा संस्कृतिको प्रभावमा विशेषगरी नेपाली युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको टोपी दिवसका संयोजक डा लेखनाथ काफ्लेले जानकारी दिए ।
‘नेपाली र गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवद्र्धन र विस्तार गरौँ, जनवरी १ लाई नेपालीपनले मनाऔँं’,उनले भने ।
नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रवद्र्धन भइरहेको अहिलेको अवस्थामा समग्र नेपालीको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको उल्लेख गर्दै उनले शताब्दीऔँदेखि प्रयोग भइरहेको नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले तीन वर्षददेखि सुरु गरिएको जानकारी दिए ।
उनले आज दिन आआफ्नो आफ्नो स्थान र अवस्थाअनुसार नेपाली टोपी लगाएर तस्बिर खिँच्न र सामाजिक सञ्जालमा राख्न समेत अभियानले आग्रह गरेको छ ।
For More videos Log on to Mazzako TV







