तमु ल्होछारमा राष्ट्रपति र प्रधानमन्त्रीबाट शुमकामना
काठमाडौं ।गुरुङ समुदायकोे नयाँ वर्ष ‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा राष्ट्रपति, प्रधानमन्त्री देखि विभिन्न दलका नेताले शुभकामना प्रदान गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार एक शुभकामना सन्देश दिँदै मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदाजस्ता साझा पहिचानले विश्वसामु नेपालको छुट्टै चिनारी गराएको बताएकी छिन्।

File Photo
उनले नेपाल धार्मिक सांस्कृतिकरुपमा सम्पन्न र समृद्ध मुलुक भएको र यहाँ रहेका विविध जातजाति र तिनका तिनको यथोचित संरक्षण, संवद्र्धन, प्रवद्र्धन, विकास तथा प्रचार–प्रसार गर्नु सबैको साझा कर्तव्य भएको बताएकी छिन् ।
सन्देशमा भनिएको छ, ‘सिङ्गो नेपाली संस्कृतिभित्र रहेको तमु गुरुङ संस्कृति आफैँमा मौलिक, समृद्ध र पृथक छ । यस पर्वले सबै नेपालीबीच आपसी एकता, सद्भाव, सहिष्णुता कायम भई समृद्ध मुलुकको रचना गर्न सकियोस् ।’
उपराष्ट्रपतिबाट शुभकामना
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गुरुङ समुदायद्वारा मनाइने तमु ल्होच्छारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्।
उपराष्ट्रपतिको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उपराष्ट्रपति पुनले तमु ल्होच्छारको खुसियालीपूर्र्ण अवसरमा देशविदेशमा बस्नु हुने गुरुङ जातिलगायत सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेको उल्लेख छ ।
प्रम ओलीबाट शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायकोे नयाँ वर्ष तमु ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सो समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको बताएका छन् ।
मान्यजनको आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिने तथा राम्रो लाउने र मीठो खाने यो सांस्कृतिक पर्वको अवसरमा संविधानले प्रदान गरेका सबै नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक हकअधिकारको हामी सबैले मिलेर व्यवहारमा कार्यान्वयन गर्न तमु ल्होछारले प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि गुरुङ समुदायले नयाँ वर्षको अवसरमा मनाउने तमु ल्होसारको सुभकामना व्यक्त गरेका छन् ।
विभिन्न दलका नेताद्वारा पनि शुभकामना
विभिन्न दलका नेताले पनि तमु ल्होछारको शुभकामना व्यक्त गरेका छन् । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले एक विज्ञप्तिमा जारी गरी पुस १५ गते बुधवार गुरुङ समुदायको पर्व ‘तमु ल्होछार’ २०७२ को उपलक्ष्यमा स्वदेश र विदेशमा छरिएर रहेका समस्त गुरुङ दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त व्यक्त गरेका छन् ।
त्यस्तै काँग्रेसका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि एक विज्ञप्तिमा गुरुङ समुदायको पर्व ‘तमु ल्होछार’ २०७२ को उपलक्ष्यमा स्वदेश र विदेशमा छरिएर रहेका समस्त गुरुङ दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त व्यक्त गरेका छन् ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेत्री सुजाता कोइराला, तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो सन्देशमा तमु ल्होसारको उपलक्ष्यमा देश विदेशमा रहेका समस्त गुरुङ दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
For More videos Log on to Mazzako TV







