भ्रष्टाचार आरोपी सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकहरु धरौटी रिहा
काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षकहरू वासुदेव ओली, सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।
आर्थिक अनियमितताको अनुसन्धानमा रहेका पूर्व महानिरीक्षकहरुसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बयान नसकिएपछि थुनामा राख्ने निर्णय गरेको थियो ।
सामान खरिद गरी मातहतका युनिटमा ढुवानी गरेको भनी झुटा बिल भर्पाइ तयार गर्नुका साथै ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीको बिलसमेत आफैँले छपाइ गरी, गर्न लगाई सामान ढुवानी गरेको उजुरी परेपछि आयोगले छानबिन गरेको थियो ।
आयोगले पूर्व महानिरीक्षकहरु ओलीको हकमा ७० लाख, श्रेष्ठको हकमा एक करोड र बस्नेतको हकमा आठ करोड रुपैया धरौटी जमानत माग गरेकामा निजहरूले उक्त रकम बराबरको वैंक जमानत दाखिला गरी रिहा भएको आयोगले जनाएको छ ।
आयोगले आज धरौटी जमानत लिई तारिखमा राखी थप अनुसन्धान कारबाही भइरहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
For More videos Log on to Mazzako TV







