सेनाले किन्यो ‘बम डिस्पोजल रोबोट’
काठमाडौं । नेपाली सेनाले सडक छेउछाउ भेटिएका बम निष्क्रीय गर्न सक्ने ‘बम डिस्पोजल रोबोट’ खरिद गरेको छ ।
विसं। २०७० चैत २६ गते नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल भएको बम डिस्पोजल रोबोटलाई मिलिटरी भर्सनमा अपग्रेड गरी सेनाले खरिद गरेको हो ।

File Photo
प्रधान सेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा जङ्गीअड्डा परिसरमा मंगलवार एक विशेष समारोहबीच नेपाली सेनाले खरिद गरेको रोबोटको निर्माणकर्ता गणेश विक्रम सिंहको टोली र सेनाबीच खरिद सम्झौता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
समारोहमा टीम लिडर सिंहले रोबोटको साँचो प्रधानसेनापति क्षत्रीलाई हस्तान्तरण गरेका थिए भने प्रधानसेनापतिले चेक हस्तान्तरण गरेका थिए ।
यस किसिमको बम डिस्पोजल रोबोट खरिदबाट नेपाली उत्पादकलाई प्रोत्साहन मिल्नुका साथै सानातिना झाडी/बुट्यान, सडक छेउछाऊ तथा घरको भँुइतल्लामा राखिएका बम सुरक्षित तवरले निष्क्रीय गर्न मद्दत पुग्ने सेनाले जनाएको छ ।
For More videos Log on to Mazzako TV







