आन्दोलन अतिवादीको कब्जामा जाने खतरा :ज्ञवाली
गुल्मी । एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसकेन्द्रित दलहरुको सर्त मानेर सरकारले मधेसमा गर्इ वार्ता नगर्ने बताएका छन् ।
एमाले प्रचार विभाग गुल्मीले शनिवार तम्घासमा गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।
‘वार्ता गर्न सरकार मधेसमा जान हुँदैन भन्ने होइनु, मधेशी मोर्चाले अब मधेशमा मात्रै वार्ता हुने निर्णय गरेको प्रति टिप्पनी गर्दै उनले भने, ‘तर मधेसवादी दलको यो सर्त उनीहरुको भावुक कुरामात्र हो, जुन स्वीकार्य छैन ।’
तराई–मधेस आन्दोलन सामाजिक द्वेष भड्काउने, राष्ट्रिय एकतालाई कमजोर गर्ने र अतिवादी तत्व हाबी हुनेखालको भएको बताउँदै नेता ज्ञवालीले मधेसकेन्द्रित दलले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाए ।
आफैले निर्माण गरेको सङ्कटमा मधेसीवादी दल आफैँ फस्दै गएको बताउँदै उनले समयमै समाधान नखोजे आन्दोलन नियन्त्रणबाहिर गई अतिवादीको कब्जामा जान सक्ने खतरा बढेको उल्लेख गरे ।
For More videos Log on to Mazzako TV







