ओली सरकार दुई दिनको रामछायाँ मात्रै : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बर्तमान केपी ओली नेतृत्वको सरकार दुई दिनको रामछायाँ मात्र भएको बताएका छन् ।
आफ्नै सिङको भारीले थिचिएर ओली सरकार छिट्टै ढल्छ । यो सरकार दुई दिनको रामछायाँ मात्र हो,’ पौडेलले थपे, ‘केही थोरै गडबडीले कांग्रेस राष्ट्रपति, प्रधानमन्त्रीको चुनाव हार्यो तर देशको राजनीतिको मियो उसैको एजेण्डामा फर्केको छ । भावावेशमा संविधान सभाबाट बाहिरिएका मधेस केन्द्रीत दलहरुलाई रुपान्तरित संसदमा फर्काएका छौं ।’
‘जनताको आँगनमा कांग्रेस’ अभियान लिएर बुधबार म्याग्दी आएका नेता पौडेलसँग कार्यकर्ताहरुले नेतृत्व भारतीय चलखेलमा फस्दा राष्ट्रपति, प्रधानमन्त्री समेत गुमाउनु परेको गुनासो गरेका थिए । साथै कांग्रेस कार्यकर्ताले मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।
उनले वर्तमान समस्याको जड एमाओवादीले सुरु गरेको जातीय राजनीति भएको र बुद्धिजिवीहरुले राष्ट्रलाई निकास दिनुको सट्टा कुहिरोको काग बनाएको आरोप समेत लगाए ।
For More videos Log on to Mazzako TV







