बालुवाटारमा साँझ ७ बजे मधेसी मोर्चा वार्ता हुने
काठमाडौं । शुक्रवार वार्ता बहिस्कार गरेका मधेशी मोर्चाका नेता र तीन दलबीचको आज साँझ ७ बजे बालुवाटरामा वार्ता हुने भएको छ ।वार्ता आज साँझ सात बजे तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
वार्तामा सत्तारुढ एमाले र एमाओवादीका साथै प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु र आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेताहरु सहभागी हुने छन् ।

File Photo
साँझको वार्ता बारे छलफल गर्न मधेसी मोर्चाको बैठक अहिले संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा चलिरहेको सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।
बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव तथा तमसपा वरिष्ठ नेता रामनरेस राय यादवलगायत सहभागी छन् ।
For More videos Log on to Mazzako TV







