निर्णायक भनिएको वार्ता भएन, मधेसी मोर्चा वार्ता छोडेर भारतीय दूताबासमा
काठमाडौं । प्रमुख दलहरु र मधेसी मोर्चाबीच शुक्रबार हुने भनिएको निर्णायक वार्ता मधेसी मोर्चाको असहयोगका कारण हुन सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ बजेका लागि बालुवाटारमा बैठक डाकेकोमा मधेसी मोर्चाका नेताहरु बैठकमा गएनन् ।
सत्तारुढ दलहरु नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु अपराह्न ४ बजे नै बालुवाटार पुगेर मोर्चाका नेताहरुको प्रतीक्षा गरेका थिए । बालुवाटार वार्ता छाडेर मधेसी मोर्चाका नेताहरु भारतीय दूताबास पुगेका छन् ।

File Photo
बोलाइएको बैठकमा जानुको साटो मोर्चाका नेताहरु लैनचौर पुगेका छन् । स्रोतका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवसहितका नेताहरु लैनचौर पुगेका हुन् ।
भारतीय राजदूतसँगको छलफलपछि मोर्चाका नेताहरुले तीन दलसँग छलफल गर्ने नगर्ने तय हुने बताइएको छ ।
तीन दलको साझा प्रस्ताव तयार
यसैबीच प्रमुख तीन दलले आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग सहमतिका लागि तीन बुँदे साझा प्रस्ताव तयार गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बोलाइएको बैठकमा मधेशी मोर्चाका नेताहरु नआए पछि बसेको तीन दलको बैठकले मधेसी मोर्चाका मागबारे साझा प्रस्ताव तयार पारेको हो ।
बैठकले प्रदेशको सिमांकन राजनीतिक समिति गठन गरि तीन महिनामा टुंगो लगाउने र संविधानमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।
तीन दलले समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारणबारे अघिल्लो सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।
For More videos Log on to Mazzako TV







