नेपालमा सहमति बन्दै लाग्दा बाबुराम भारत प्रस्थान
काठमाडौं । लामो समय देखि जारी मधेश आन्दोलन र भारतीय नाकाबन्दी खुलाउन नेपालमा राजनीतिक सहमति हुनै लाग्दा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराई भारत गएका छन् ।
विश्व बैंकको आयोजनामा हुन लागेको एक कार्यक्रममा सहभागी हुनका लागि भट्टराई भारतको मुम्बई गएको उनका सहयोगी विश्वदिप पाण्डेले बताएका छन् ।
भट्टराई शुक्रवार दिउँसो २ः ४० बजे जेट एयरवेजमार्फत मुम्बई गएका हुन् । मंसिर १९ गते मुम्बईमा हुने एक छलफल कार्यक्रममा सहभागी हुन उनी त्यहाँ गएको बताईएको छ ।
भट्टराईले कार्यक्रमबाहेक त्यहाँ रहँदा अन्य कुनै पनि कार्यक्रम नभएको बताईए पनि विश्लेषकहरले उनको भ्रमण यत्तिमा मात्र सिमित नरहेको बताएका छन् ।
भट्टराई मंसिर २० गते काठमाडौं फर्किने छन् ।
For More videos Log on to Mazzako TV







