निर्णायक भनिएको आजकोे वार्तामा मधेशी नेता नआउने
काठमाडौं । बिगत तीन महिना देखि चलिरहेको मधेशीमोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीबारे सरकार, प्रमुख प्रतीपक्ष र मधेसी मोर्चाबीच बुधबार साँझ ६ बजे हुने भनिएको त्रिपक्षीय वार्तामा मोर्चामा आवद्ध चार दलका अध्यक्षहरु सहभागी नहुने भएका छन् ।

File Photo
धनुषाको ढल्केवरमा मोर्चाको पूर्व निर्धारित आमसभा रहेकाले उनीहरु उतै व्यस्त हुने भएका छन् । आफूहरु ढल्केवरको आमसभाका लागि जनकपुर आइसकेकाले बुधबार बालुवाटारमा हुने वार्तामा सहभागी नहुने तमलोपा अध्यक्ष महन्थ ठाकुरले बताए ।वार्तामा दोस्रो तहका नेताहरु फोरम उपाध्यक्ष लालबाबु राउत, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव सहभागी हुनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको वार्तामा प्रमुख प्रतिपक्षी कांग्रेससहित मोर्चाका चारै अध्यक्षहरुको उपस्थिति हुने भएनिएको थियो ।
सीमांकनको खाका नल्याए बार्ता भंग
यसैबीच आज हुने तय भएको सत्तारुढ दल, प्रमुख प्रतिपक्षीसँगको बार्तामा सीमांकनको स्पष्ट खाका नल्याए संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले बार्ता भंगको घोषणा गर्ने भएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सीमांकनको स्पष्ट खाँका नल्याए आफूहरु बार्तालाई लम्ब्याएर आन्दोलनमा अन्यौलता सृजना गर्ने पक्षमा नभएको भन्दै खाका नआए बार्ता भंग हुने चेतवानी दिए ।
उनले बार्ताको नाममा अहिलेसम्म आन्दोलनलाई कमजोर बनाउने खेलमात्रै भएकोले यथास्थितिमा बार्ता अघि बढ्न नसक्ने भन्दै अब एक दुई साता जोड लगाएर बारवारको आन्दोलन गर्ने बताए ।
ठूला दलले गम्भीरता नदेखाएको भन्दै मोर्चा नेताहरुले अबको वार्ता मधेसमै हुनुपर्ने माग समेत गरेका छन् । ‘११ बुँदे मागमा उहाँहरुको प्रष्ट दृष्टिकोण नआउन्जेल फेरि पनि वार्ताले गति पाउन गाह्रो छ’, नेता महन्त ठाकुरले भने ।
For More videos Log on to Mazzako TV







