विमान खसालेपछि रुसले टर्कीलाई आर्थिक नाकाबन्दी लगायो
- एजेन्सी
काठमाडौं । रुसले टर्कीलाई आर्थिक नाकाबन्दी लगाएको छ । टर्कीले सिरियाको बोर्डरमा गत मंगलबार रुसी विमान खसालेपछि
दुई मुलुकको सम्वन्ध विग्रिएको हो ।
टर्कीलाई आर्थिक नाकाबन्दी लगाउने सम्वन्धी निर्णयमा रुसी राष्ट्रपटि भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका छन् ।
दुई मुलुकको चार्टर उडानमा समेत प्रतिवन्ध लागाईएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । विमान खसालेको घटनामा माफी माग्नु पर्ने रसीयाको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप टेइप एर्डोगेनले अस्वीकार गरेपछि रुसले आर्थिक नाकाबन्दी लगाएको हो ।
यसअघी राष्ट्रपति रिसेपले मस्कोलाई आगोमा नखेल्न चेतावनी दिएका थिए । नाकाबन्दी पछि दुई मुलुकको आर्थिक गतिवीधिमा प्रत्यक्ष प्रभाव परेको बताईएको छ ।
For More videos Log on to Mazzako TV







