तराई आन्दोलनले यसरी गरायो बसको स्वरुपमै परिर्वतन
मज्जाको अनलाइन, मंसिर १२ गते, शनिवार, २०७२, काठमाडौं ।
साढे तीन महिनादेखि जारी तराई–मधेस आन्दोलनले लामो दूरीका बसको बिजोग भएको छ ।
सिसा नफुटाएको र ढुंगाले दुलो नपरेको सायदै कम सवारी भेटिन्छन् । यति हुँदा पनि व्यवसायीले गाडी चलाएका छन्, चालक र यातायात मजदुरले ज्यान जोखिममा राखेर गाडी हाँकिरहेका छन् ।
लामो दुरीका बसको हालत बिरत्तलाग्दो छ । व्यवसायीले प्लाष्टिक बेरेर, तारको जाली राखेर लामो दूरीका गाडी चलाइरहेका छन् ।
पूर्वबाट आइपुगेको एउटा मोडिफाइड् बस काठमाडौंमा शनिबार भेटियो । अगाडिको सिसा प्लाइउडले घेरेर बीचमा सिसा राखेर बसमा चालकलाई सुरक्षित गराइएको थियो ।









