गोली हानिएका नेपाली होइनन् तष्कर हुन : भारतीय दुतावास र मधेशी नेता
मज्जाको अनलाइन, मंसिर ९ गते, बुधवार, २०७२, काठमाडौं ।
सुनसरीको भण्टाबारीमा भएको घटनाबारे काठमाडौं स्थित भारतीय दुतावास र मधेशी मोर्चाका नेताले एउटै खाले प्रतिक्रिया दिएका छन् । भारतीय दुतावासले सीमा सुरक्षाा बल एसएसबीको गोली लागेर घाइते भएका ४ जना नेपाली नभई तष्कर भएको दावी गरेको छ ।
बुधवार विहान साढे छ बजे सुनसरीको भण्टाबारीमा भारतीय सीमा सुरक्षा फौज एसएसवीले गोली चलाउदा स्थानीय चार नेपाली घाईते भएका थिए । भाण्टाबारी पूर्व दशगजा क्षेत्रमा एसएसवीले गोली चलाएको थियो । एसएसवीको गोली लागेर हरिपुरका आशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाईते भएका थिए । उक्त घटनाको पुष्टि सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले समेत गरेका थिए ।
तर, भारतीय दुतावसले उक्त घटना नेपाली क्षेत्रमा नभई नेपालको सुनसरी जिल्लापारी भारतीय भूभागभित्र तस्करहरुको भेटमा धावाबोल्दा भएको दावी गरेको छ । उक्त घटना पछि बुधवार दूतावासले एक विज्ञप्ती जारी गर्दै भनेको छ , ‘२५ नोभेम्बर २०१५ का दिन करिब ५:२० बजेको समयमा एसएसबीको गस्तीसँग नेपालको सुनसरी जिल्लापारी भारतीय भूभागभित्र केही तस्करहरुको भेट भै धावाबोल्दा तस्कर र तिनका मतियारहरुले गस्ती टोलीमाथि आक्रमण गरी एक जवानलाई घाइते बनाएकोले एसएसबी जवानले आत्मरक्षाको लागि हवाइफायर गरेपछि तस्करहरु भागेका थिए। भारतीय भूभागभित्र भएको उक्त घटनामा कुनै नेपाली नागरिक घाइते भएको छैन।’
भारतीय दुतावसकै जस्तो बोली छ करिब एक सय दिन देखी मधेशमा आन्दोलनरत मधेशी नेताको ।संघिय समावजावादी फोरम नेपालका नेता लालबाबु राउतले पनि सुनसरीमा गोली हानिएका तष्कर भएको दावी गरेका छन् । ‘तष्करी रोक्न खोज्दा उल्टै दुरब्यबाहार गरेपछि एसएसबीले गोली चलाएको रहेछ’, राउतले कारोबारसँग भने, ‘गोली चलाउँदा कहिले सीमामा यता होला कहिले उता पर्ला ।’ भूमी कहाँ कसको भन्दा पनि एसएसबीले तष्करी नियन्त्रण गर्न खोजेको बताउँदै राउतले उनीहरुलाई गोली लागेको आफुलाई जानकारीमा भएको बताए । राउत आन्दोलनरत संयुक्त लोकतान्त्रिक मेधशी मोर्चाका तर्फबाट सरकारसँग वार्ता गर्न गठित वार्ता टोलीका सदस्य समेत हुन् । त्यस्ता व्यक्तिलाई कारबाही हुनुपर्ने बताउँदै उनले मधेसी हुँदैमा आफ्नो पार्टी र मधेसी मोर्चाले कोही पनि गैरकानुनी काम गर्नेलाई बचाउ नगर्ने स्पष्ट पारे ।
नेपालीलाई गोली हानेको एसएसवीले स्विकार्यो
दुतावासले उक्त घटना नेपालमा नभएको दावी गरे पनि भारतीय सीमा सुरक्षा बल एसएसवीले भने सुनसरीको भण्टाबारीमा आफ्ना जवानले नेपालीमाथी गोली चलाएको स्विकार गरेको छ । भारतीय सतना पोष्टका इन्चार्ज रणविर सिंहले विहान गोली चलेको स्वीकार गरेका हुन् । उनले सुनसरी प्रहरी प्रमुख संजयराज शर्मालाई टेलिफोन गरि घटनामा आफ्ना जवानबाट गल्ती भएको स्वीकार गरेको नेपाल प्रहरीले जनाएको छ ।
For More videos Log on to Mazzako TV







