ओबामाले गरे टर्किकोे बचाउ
मंसिर ९ गते, बुधबार ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले टर्किको बचाउ गरेका छन् । हबाई क्षेत्र नियमको उल्लघन गरेको आरोपमा सिरियामा टर्किले रुसि युद्धक बिमान खसालेको प्रति प्रतिक्रिया दिदै राष्ट्रपति ओबामाले टर्किको बचाउ गरेका हुन् । टर्किको पनि आफ्नै हवाई सुरक्षा रहेको बताउदै पछिल्लो घटना रुसले सिरियामा जारी राखेको हवाई आक्रमणको समस्याको परिणाम भएको दाबि समेत उनले गरे ।

उता रुसि राष्ट्रपति भ्लादिमिर पुटिनले टर्किले बिमान खसाल्नु पिठ्युमा छुरा रोप्नु भएको बताउदै यसको चर्को मुल्य टर्किले चुकाउनुपर्ने बताउनुभएको छ । उनले सिरियामा ईस्लामिक स्टेट आईएस बिरुद्ध रुसि युद्धक बिमानले आक्रमण जारी राखेको बेला टर्किको युद्धक बिमानले रुसी बिमानमाथि निशाना बनाईरहेको आरोप लगाउदै त्यसको गम्भीर परिणाम टर्किले भोग्नु पर्ने चेताबनी समेत दिएका छन् ।
For More videos Log on to Mazzako TV







