संविधान बारे जानकारी दिन सरकारले एक महिने अभियान चलाउने
मज्जाको अनलाईन, मंसिर ८ गते, मंगलवार, २०७२, काठमाडौं ।
सरकारले नयाँ संविधान बारेमा जनतालाई जानकारी गराउन एक महिने अभियान चलाउने भएको छ ।
मंगवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले जनताको संविधान जनताकै माझमाु भन्ने नाराका साथ एक महिने राष्ट्रिय विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
संविधान प्रति असन्तुष्टि जनाउदै एकसय दिन भन्दा लामो समयदेखि मधेशमा आन्दोलन जारी रहेपछि सरकारले संविधानबारे जानकारी दिन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभियान मंसिर २१ गतेदेखि पुस २१ गतेसम्म सञ्चालन हुने सरकारका प्रवक्ता संचार मन्त्री शेरधन राईले जानकारी दिए ।
जाडोको कपडा किन्न भूकम्प पीडितलाई १० हजार दिने
यस्तै सरकारले भूकम्प पीडित प्रति परिवार १० हजार दिने निर्णय गरेको छ । जाडोयामका लागि आवश्यक पर्ने कपडा खरिदका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
सो रकम सरकारले यही महिना भित्रै उपलब्ध गराउने मन्त्री राईले बताए ।
For More videos Log on to Mazzako TV







