सप्तरी घटना पछि मधेसी मोर्चाको ठाँउ ठाँउमा उग्र प्रदर्शन
मज्जाको अनलाइन, मंसिर ६ गते, आइतवार, २०७२, काठमाडौं ।
राजमार्ग अबरुद्ध पार्न खोज्ने मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच शनिवार राती सप्तरीको मा भएको झडपका क्रममा दुईजना आन्दोलनकारीको मृत्यु भए पछि मेधशी मोर्चाले आफ्नो प्रदर्शनलाई उग्र बनाएको छ ।
पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो।
सो झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।

File Photo
उक्त घटना पछि आइतवार बिहानै देखि सिरहाको लहानसहितका स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । सप्तरी घटनालगत्तै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि लहानस्थित सहिद चोक, अस्पताल चोक, हुलाक चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बजार, पसल पूर्णरुपमा बन्द छन् भन्ने प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गको सडकमै बसेर प्रदर्शन गरिरहेका छन् । यस्तै सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा समेत प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
मोटरसाइकलमा आगजनी
त्यस्तैआन्दोलनकारीहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा पलस र मोटरसाइकलमा आगो लगाएर जलाएका छन् ।
गाईघाटबाट राजविराजतर्फ आउँदै गरेको स४प ५३११ नं को पलसर मोटरसाइकलमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
यसैबीच राती १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच राजमार्गको भारदह र रुपनीमा सुरु भएको झडप अहिले पनि जारी नै रहेको छ । सो क्षेत्रमा अहिले पनि झडपसँगै अवस्था तनावग्रस्त रहेको बताइएको छ ।
For More videos Log on to Mazzako TV







