प्रधानमन्त्रीले भोलीका लागि बलाए सर्वदलिय बैठक
मज्जाको अनलाईन, मंसिर ५ गते, शनिवार, २०७२, काठमाडौं ।
देशको समसामयीक राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सर्वदलिय बैठक बोलाएका छन् ।
मधेश आन्दोलनले सय दिन पुरा गरेपछि समस्या समाधानका लागि भन्दै प्रधानमन्त्री ओलीले भोली बैठक आव्हान गरेका हुन् । तिहार अघिबाट स्थगित ब्यवस्थापिका संसदको बैठक समेत भोली बस्दैछ ।
संविधानको विरोधमा चर्किएको मधेशी मोर्चाको आन्दोलन र भारतले लगाएको नाकाबन्दीका बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी कंग्रेस सहितको सर्वदलिय बैठक बोलाउनु भएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा मधेश आन्दोलनको सम्बोधन, संविधान सम्सोधन बिधेयक, पुर्ननिर्माण प्राधिकरण बिधेयक लगायत बिषयमा छलफल हुने छ ।
For More videos Log on to Mazzako TV







