माली हमला : २१ को मृत्यु, सबै बन्धकमुक्त (फोटो फिचर)
मंसीर ५ गते, शनिवार ।
१९ नागरिक र तीन लडाकूसहित २१ जनाको मृत्युसँगै मालीमा रहेको याडिस ब्लु होटलमा बन्धक बनाईकाहरु सबै मुक्त भएका छन् । शुक्रबार इस्लामिक लडाकूले आक्रमण सो होटलमा सयौलाई बन्धक बनाएको थियो । घटनामा परि धेरै जना घाईते समेत भएका छन् ।

अफ्रिकी राष्ट्र मालीमा यो घटना पछि १० दिनका लागि संघटकालको घोषणा समेत गरिएको छ भने मृतकहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोकको घाोषणा पनि गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पेरिस हमलाको एक साता वित्न नपाउदै मालीमा गरिएको आक्रमणको जिम्मा अलकायदा इन द इस्लामिक मगरिब र त्यसको सहयोगी संगठन अल मुराबिटुनले लिएको छ । अमेरिकीहरुले सञ्चालन गरेको होटलमाथि सो समुहले आक्रमण गरेको थियो।












