एक महिलाको शव मकैबारीमा भेटियो, बलात्कार पछि हत्याको आशंका
मंसिर ५ गते, धनुषा ।
धनुषामा शनिवार विहान एक महिलाको शव भेटिएको छ । शवको प्रकृति हेर्दा बलात्कार पछि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । मृत भेटिएकी महिलाको नाम शोभा गुप्ता हो । उनी ५ दिनदेखि बेपत्ता रहेको उनका श्रीमानले बताएका छन् ।गोदार ७ की २८ बर्षिया गुप्ताको शव शनिवार विहान घर नजिकैको उखुघारीमा फेला पारिएको थियो ।
शनिबार बिहान उँखुबारीमा शोभाको शव स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
For More videos Log on to Mazzako TV







