‘वडा नम्बर ६’ करोड क्लबमा, गोपीकृष्णमा सिनेमाले रच्यो नयाँ इतिहास (भिडियो सहित)
मज्जाको अनलाईन, असोज २ गते, शनिवार, २०७२, काठमाण्डौं ।
चलचित्र वितरक गोपाल कायस्थको भनाईलाई आधार मान्ने हो भने शुक्रबारबाट सार्वनिक प्रर्दशनमा आएको चलचित्र ‘वडा नम्बर ६’ ले शनिवार साँझ सम्म करोड क्लबमा प्रवेश गरिसकेको छ । राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको ‘वडा नम्बर ६’ ले शनिवार ३१ वटा पर्दा पाएको छ ।
चलचित्रले शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रश कलेक्सन गरेको थियो । शनिवार झनै शुक्रबार भन्दा बढी मान्छेको फ्लो हलमा देखियो । साँझ सम्म मोटामोटी चलचित्रले एक करोडको ग्रश कलेक्सन गरेको वितरक कायस्थले जानकारी गराएका छन् ।
त्यस्तै चलचित्र ‘वडा नम्बर ६’ ले गोपी कृष्ण मुभिजमा पनि नयाँ इतिहास रचेको छ । अहिलेसम्म कहिल्यै पनि गोपीकृष्ण मुभिजका दुई ठुला हलहरु ‘गोपी’ र ‘कृष्ण’मा एकैपटक एउटै नेपाली सिनेमा लागेको रेकर्ड छैन । तर प्रथम पटक यही चलचित्रबाट दुबै ठुला हलहरुमा हिन्दी फिल्मलाई हटाएर ‘वडा नम्बर ६’ प्रर्दशन गरिएको छ । खुशीको कुरा त के छ भने दुबै हलहरु हउसफुल छन् । नेपाली चलचित्र क्षेत्रका लागि यो निकै सकारात्क संकेत भएको गोपीकृष्ण भुभिजका प्रबन्धक प्रदिप दहाल बताउछन् । ‘यति धेरै मान्छे सिनेमा हेर्न एकैपटक आएको मैले अहिलेसम्म देखेको छैन्’, उनले भने ‘जे होस् चलचित्रले हाम्रो हलमा नयाँ इतिहास कायम गर्यो ।’
उज्जवल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर ६’ मा हाँस्यकलाकारहरुको बाहुल्यता रहेको छ । दिपकराज गिरी , दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, नीर शाह, दयाहाङ्ग राई, राजाराम पौडेल, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायत कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा ‘गैडा’ हुन् ।
Watch Video Here:-
For More videos Log on to Mazzako TV












