हिमालमा ब्रा खोल्ने युवतीले मागिन् माफी
२३ वर्षीया बेलायती युवती एलिनर हकिन्सले मलेसियाको एउटा पहाडमा पुगेर ‘टपलेस’ भई फोटो खिचाएकी थिईन् । जुन कुराको खुबै निन्दा भयो । धार्मिक महत्वको सो पहाडमा ‘टपलेस’ भएर फोटो खिच्नाले धार्मिक आस्थामाथि खलल पुर्योएको भन्दै मलेसियामा उनलाई पक्राउ समेत गरिएको थियो। मलेसियाको जेलमा तीन दिन बिताएर बेलायत पुगेपछि उनले आफ्नो उक्त हर्कतको लागि सार्वजनिक रूपमै माफी मागेकी छन्।

ती बेलायती युवतीले भनेकी छन् ‘मेरो त्यो काम मूर्खतापूर्ण रहेछ,पवित्र ठाउँमा गई त्यस्तो उत्छृंखल काम गर्दा त्यस क्षेत्रका मानिसको आस्थामा कति ठेस पुग्यो होला यसका लागि म माफी माग्छु’।
हकिन्ससहित अन्य तीनजनालाई मलेसियाको ‘माउन्ट किनाबलु’माथि ‘टपलेस’ भएर तस्वीर खिचेका थिए । साथीहरूको हुलमाझ चार युवतीले ‘टपलेस’ भएर खिचेको सो फोटो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको थियो ।
For More videos Log on to Mazzako TV








